सरकारलाई चुनाव गराएर देखाउन रावलको चेतावनी

१२ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारलाई चुनाव गराएर देखाउन चेतावनी दिँदै गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा रावलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाब गरेर देखाउन चुनौति दिएका हुन् ।

गृहमन्त्री निधिले एक अन्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको आरोप लगाएको भन्दै रावलले जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाइसकेकोले अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुने बताए ।

रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको दावीसमेत गरे । संविधान संशोधनको खाका भारतमा बनेको भन्दै उनले देश र जनताको अहित हुने गरी संशोधन हुन एमालेले नदिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत