‘प्रचण्ड’ भन्ने नाम क्रान्तिको पर्याय भएकाले परिवर्तन विरोधीहरुले ‘दाहाल’ लेख्छन् – प्रधानमन्त्री

१२ मंसिर, काठमाडौं । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ‘प्रचण्ड’ भन्ने नाम प्रचण्ड क्रान्ति, विचार, परिवर्तन र संस्कृतिको पर्याय रहेकाले मिडियाहरुले ‘प्रचण्ड’ नलेखी पुष्पकमल दाहाल लेख्न गरेको बताएका छन् ।

प्रधानमन्त्रीले आफ्नो राहदानी, नागरिकता, प्रमुख राजनीतिक दल र मन्त्रिपरिषद्को बैठकमा गर्ने हस्ताक्षरमा ‘प्रचण्ड’ रहेको बताउँदै सञ्चार माध्यमले नाम बिगार्नु भनेको परिवर्तनलाई स्वीकार गर्न नसक्नु भएको बताए ।

सरकारी सञ्चार माध्यमले समेत आफ्नो नाम बिगारेको भन्दै उनले बैठकमै सहभागी सूचना तथा सञ्चारमन्त्रीलाई ‘किन त्यस्तो भइरहेको छ ?’ भन्दै प्रश्न गरेका थिए ।

यसैगरी उनले माओवादी नेता र मन्त्रीबारे असन्तुष्टि भए बैठकमा छलफल र आलोचना गर्न आग्रह गर्दै सामाजिक सञ्जाल र मिडियाहरुमा प्रचार गर्न आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई ‘प्रतिगामी षड्यन्त्र’ 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कार्यालय पेरिसडाँडामा शनिबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा पूर्वराजा ज्ञानेन्द्रको भारत तथा चीन भ्रमणलाई ‘प्रतिगामी षड्यन्त्र’ भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पोलिटब्युरो बैठकमा संविधानमा स्वीकार्य बढाएर मुलुकलाई निर्वाचनमा नलगे राजनीतिक उपलब्धि गुम्ने खतरा रहेको औंल्याउँदै पूर्वराजा ज्ञानेन्द्रको उत्तर र दक्षिण मुभ र छलफललाई ‘प्रतिगामी षड्यन्त्र’ भनेका हुन् ।

संविधान संशोधनमा एमाले र मधेशी मोर्चा सहमत नभए १० प्रदेशको एजेन्डा दर्ता

हिमाल, पहाड र तराईलाई एक ढिक्का बनाएर संविधान कार्यान्वयन गराउनु पर्ने, संविधान संशोधनमा एमाले र मधेशी मोर्चा सहमत नभए प्रस्तावित संविधान संशोधन विधेयकमा पार्टीले यसअघि ल्याएको जाति, भूगोल र भाषामा आधारित १० प्रदेशको एजेन्डा दर्ता गरिने बताएका थिए ।

प्रमुख प्रतिपक्ष एमाले संशोधनको विपक्षमा उभिएपछि आइतबार सत्ता गठबन्धनका दलसँग निर्णायक छलफल गर्ने तयारीमा आफू रहेको प्रचण्डले पोलिटब्युरो बैठकमा बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत