युएनएचसीआरमा कार्यरत दुई नेपालीसहित एक सुडानी अपहरित

100_4368

१३ मंसिर, काठमाडौं । सुडानको डार्फरबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी नियोग (युएनएचसीआर)मा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिक अपहरणमा परेका छन् ।

हतियारधारी समूहले सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरको राजधानी जिनियानाबाट दुई नेपालीसहित एक सुडानी नागरिकलाई अपहरण गरेको रोयटर्सले जनाएको छ ।

पश्चिमी डार्फर राज्यका प्रवक्ता अब्दुल्ला गर अल-नबीले दुई नेपाली र एक सुडानी नागरिक अपहरणमा परेको पुष्टि गरेका छन् ।  प्रवक्ता अब्दुल्लाका अनुसार प्रहरीले अपहरित तीनजनाको खोजी गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) का अधिकारीहरुले भने अपहरित नागरिकबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २००३ यता चर्किएको गृहयुद्धमा परी अहिलेसम्म तीन लाख मानिसले ज्यान गुमाइसकेका छन् भने २५ लाख मानिस विस्थापित भएका छन्।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत