एमाले संसदीय दलको बैठक बस्दै

१५ मंसिर, काठमाडौं । नेकपा एमालेले दिउँसो १२ बजे सिंहदरबारमा संसदीय दल बैठक बस्दैछ ।

बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिएका छन् ।

नेकपा एमाले संविधान संशोधनको विरोध गर्दै आइरहेको भए पनि सरकारले मंगलबार संसद सचिवालयमा शंसोधन प्रस्ताव दर्ता गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत