दुर्घटनामा परी ज्यान गुमाएका खेलाडीहरुको सम्झनामा विश्वभर श्रदाञ्जली

१५ मंसिर, एजेन्सी । ब्राजिलियन फुटबल क्लब चापेकोन्सेका खेलाडी, पदाधिकारी र २१ जना खेलकुद पत्रकारसहित ८१ यात्री रहेको विमान मंगलबार कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटनामा परी ज्यान गुमाएका ब्राजिलियन फुटबल क्लबका खेलाडीहरुको सम्झनामा विश्वभर श्रदाञ्जली दिइएको छ ।

यही दुःखद् घटनाको सम्झनामा विश्वका चर्चित फुटबल खेलाडी ब्राजिलका नेइमार, अर्जेन्टिनाका लियोनल मेसी, इंग्ल्यान्डका वायन रुनीलगायतले श्रदाञ्जली अर्पण गरेका छन् ।

यसैगरी ब्राजिलियन फुटबल महासंघले चापेकोन्से फुटबल क्लबलाई कम्तिमा तीन वर्ष ब्राजिलको शीर्ष डिभिजनबाट घटुवा नहुने व्यवस्था सुनिश्चित गर्ने प्रयास थालेको जनाएको छ ।

कोलम्बियाको एथ्लेटिको नासियोनलसँग दक्षिण अमेरिकाकै प्रतिष्ठित कोपा सुदामेरिकाना फुटबल प्रतियोगिताको फाइनल खेल खेल्न जाँदा ब्राजिलियन क्लब दुर्घटनामा परेको हो ।

चापेकोन्सेविरुद्धको खेलको प्रतिद्वन्द्वी एथ्लेटिकोलाई यो खेलमा हार स्वीकार गर्न अनुरोधसमेत गरिएको छ ।

यसो गर्दा चापेकोन्सेका मृत खेलाडीहरुलाई दक्षिण अमेरिकी च्याम्पियन घोषणा गर्न सहयोग मिल्ने फुटबल अधिकारीहरुले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत