संविधान संशोधन राष्ट्रिय एकताको प्रतिनिधित्व – प्रधानमन्त्री

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ क्रान्तिकारीका नेताहरुसँग संविधान संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार विहान अनेमक्राका नेताहरुसँग बालुवाटारमा भएको भेटमा हिमाल पहाड र तराई बीचको एकता नै सरकारको प्राथमिकता भएको बताउँदै राष्ट्रको अहित हुने कुरा कल्पना गर्न नसकिने बताए ।

‘संविधान संशोधनको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा हो ।’ भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी रहेको बताए । साथै, संविधान संशोधन दर्ता भएसँगै देश निर्वाचनतिर अघि बढेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत