मधेशी दलहरु नेपाललाई सिक्किमीकरण गर्न भारतको खेताला : केसी

१६ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मधेशी दलहरु नेपाललाई सिक्किमीकरण गर्न भारतको खेताला मात्रै भएको आरोप लगाएका छन् ।

केसीले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारवादीको इशारामा दर्ता भएको बताउँदै तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिक्किमीकरण गर्ने उद्देश्यअनुरुप नै भारतले नयाँ सरकारको सेटिङ मिलाएको आरोप लगाएका हुन् ।

बहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिक्किमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको उनको आरोप थियो । उनले संघियता नै देशको लागि क्यान्सर भएको भन्दै सचेत रहन आग्रह गरे ।

केसीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारित हुन नदिन सम्पूर्ण राष्ट्रबादी शक्तिहरु एकजुट हुनुपर्ने बताए । उनले कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारित हुन दिन नदिने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत