मलेसियाली नागरिक लागूऔषध कोकिनसहित पक्राउ

१६ मंसिर, काठमाडौं । दुई मलेसियाली नागरिकलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले डेढ किलो अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको छ ।

त्रिभुवन बिमानस्थलबाट नेपाल भित्रिएको कोकिन प्रहरीले ठमेलको होटलबाट नियन्त्रणमा लिएको हो । प्रहरीकाअनुसार करीव तीन करोड नेपाली रुपैयाँ बराबरको कोकिन ब्राजिलको साओपाओलोबाट आबुधावी-काठमाडौं हुँदै हङकङ लगिँदै थियो ।

कोकिन तस्करीमा संग्लग्न मलेसियाली नागरिकहरु एलिस जोसेफ र माहाजेन फिरान राजा पक्राउ परेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले जानकारी दिए ।

शंका लागेपछि बिमानस्थलमै नेपाल पुलिसको लागूऔषध नियन्त्रण ब्यूरोले पिछा गर्दै जाँदा ठमेलको होटलमा आफूले ल्याएको कोकिन अर्का मलेसियाली महाजेनलाई सुम्पदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत