कुरा गर्नु त परै जाओस्, अनुहार हेर्न पनि मन छैन – ओली

१७ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार हेर्न पनि मन नभएको बताएका छन् ।

prachanda-oli

सभामुख ओनसरी घर्तीले बिहीबार संसद् बैठक स्थगित भएको घोषणा गरेलगत्तै एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाउन पुगेका प्रचण्डले संशोधनलगायतका विषयमा कुरा गरौं भनी आग्रह गर्दा ओलीले ‘तपाईंसँग कुरा गर्नु त परै जाओस्, अनुहार हेर्न पनि मन छैन,’ भनी जबाफ फर्काएका हुन् ।

ओलीको जबाफपछि प्रचण्डले ‘त्यसरी कहाँ हुन्छ, कुरा त गर्नुपर्छ नि’ भनेर जबाफ दिएका थिए । ओलीले कुरा गर्न नमानेपछि दाहाल बाहिरिएका थिए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको संक्षिप्त संवाद रवीन्द्र अधिकारी लगायत सांसदले सुनेका थिए ।

एमालेको असहमतिमै संशोधनको प्रस्ताव ल्याएको भन्दै ओली दाहालसँग आक्रोशित छन् । दाहालले बुधबार साँझ बोलाएको चार दलको शीर्ष बैठकमा पनि ओलीले उपाध्यक्षद्वय वामदेव गौतम, भीम रावललगायतका नेताहरूलाई पठाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत