संविधान संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाती – एमाले

१७ मंसिर, काठमाडौं । एमालेले संविधान संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाती भएको आरोप लगाउँदै ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने सरकारी प्रस्ताव देश टुक्र्याउने षड्यन्त्र भएको बताएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले संसद् बैठकमा विशेष समयमा बोल्दै सरकारले ल्याएको संशोधन प्रस्ताव ‘पहाड र तराई’ अलग हुन् भन्ने बहुराष्ट्रिय सिद्धान्तको वकालत गर्नेलाई बल पुग्ने गरी आएको बताए ।

‘अन्त्यमा तराई अलग राष्ट्र बनाउने षड्यन्त्र यसभित्र लुकेको छ’ गौतमले भने, ‘प्रदेशको सीमांकन परिवर्तन गर्ने अधिकार रूपान्तरित संसद्लाई छैन । यो संविधानको ठाडो उल्लंघन हो ।’

सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधनको एजेन्डा कार्यसूचीमा नरहेको भन्दै एमालेलाई अवरोध नगर्न पटकपटक आग्रह गरेकी थिइन् । तर एमाले सांसदहरू आआफ्नो स्थानमा उभिएर अवरोध गरेपछि सभामुख घर्तीले संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित गरेकी थिइन् ।

एमालेले बिहीबार गरेको संसद् बैठक अवरोधलाई नेकपा माले, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत