नयाँ शक्ति र संघीय समाजवादी बीच पार्टी एकता गर्ने गृहकार्य

१८ मंसिर, काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण हुने गृहकार्य भइरहेको छ ।

नयाँ शक्तिका नेता रामकुमार शर्माकाअनुसार नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच छिट्टै नै दुई पार्टीबीच एकता हुन्छ, त्यसको सुरुवातका रुपमा संविधान संशोधन प्रस्तावबारे दुई नेताको संयुक्त विज्ञप्ति जारी गरिएको हो ।

शर्माले दुई पार्टीबीच एकीकरणसँगै शरदसिंह भण्डारीको पार्टी (रामसपा) र महेन्द्र यादवको पार्टी (तमसपा) समेत सँगसँगै एकता हुने गरी छलफल अघि बढेको जानकारी दिए । उनले चार पार्टी एक भएपछि तेस्रो ठूलो दलका रुपमा नयाँ पार्टीको उदय हुने दावी गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत