१८ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेकाले अब फिर्ता नहुने भन्दै चुनावको मिति घोषणा गरेर जाने बताएका छन् ।
शनिबार लाजिम्पाटमा बसेको माओवादी हेडक्वाटर बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । मधेसी मोर्चाको पनि सहमतिमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेकाले अब फिर्ता नहुने भन्दै चुनाव घोषणा गरेर जाने बताएका हुन् ।
हेडक्वाटर बैठकमा प्रचण्डले चाहेर पनि संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै संविधान संशोधनपछिको परिस्थितिबारे बताएका थिए ।