सहमति कार्यान्वयन नभए आन्दोलनमा जाने ट्याक्सी व्यवसायीहरुको चेतावनी

१८ मंसिर, काठमाडौं । आइतबार ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

prakash

पत्रकार सम्मेलनमा स्वस्तिक स्वरोजगार ऋणी ट्याक्सी व्यवसायी संघका महासचिव प्रकाश बस्नेतले आफूहरुको रोजगारी र लगानी संकटमा पार्ने निर्णय खारेज नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

सरकारले आफूहरुसँग भएको सहमति विपरीत नयाँ ट्याक्सी थपेको भन्दै बस्नेतले सहमति कार्यान्वयन नगरे रगतको खोला बगाउने चेतावनी समेत दिए ।

खाली नम्बरमा एक हजार आठ ५० र भूकम्प पीडित बेरोजगारलाई ५ सय गरी २ हजार ३ सय सय ५० वटा नयाँ ट्याक्सी थप्ने निर्णय कार्यदलको प्रतिवेदन आएपछि मात्रै सुझाव हेरेर कार्यान्वयन गर्ने सहमति भए पनि अहिले सरकारले नयाँ ट्याक्सी थपेर सहमति उल्लङ्घन गरेको बस्नेतको आरोप छ ।

आन्दोलन परिचालन कमिटीका संयोजक राम थापाले आफूहरुसँगको भएको सहमति कार्यान्वयन गराउन आवश्यक परे आमरण अनसन पनि बस्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत