न्यायिक आयोग गठन गर्न सरकार राजी भएपछि डा.केसीले अनशन तोड्दै

१९ मंसिर, काठमाडौं । मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यसम्पादन छानबिन गर्न न्यायिक आयोग गठन गर्न सरकार राजी भएपछि आइतबार डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् ।

jagdish

डा. गोविन्द केसीले चाहेका व्यक्तिलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गर्दै न्यायिक आयोग गठन गर्न सरकार राजी भएपछि डा. केसीले २२ औं दिनमा अनशन तोड्ने भएका हुन् ।

संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा.अग्रवाललाई नियुक्त गरेको हो । शनिबारदेखि लागू हुने गरी अग्रवालको नियुक्ति भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्ले शनिबार संस्थानको डिनमा डा. जगदीश अग्रवाललाई नियुक्त गरेपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा केसी पक्ष र सरकारी टोलीबीचको वार्तामा सम्झौतापत्र तयार गरिएको थियो । उक्त पत्र डा. केसीलाई पढेर सुनाएपछि उनले सम्झौतापत्र कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्न तोकिएको १५ दिन समयसीमालाई साता दिनमा झार्नुपर्ने अडान लिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत