शीतलनिवासमा अपराह्न ४ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल भेला हुँदै

१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आइतबार अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् ।

राष्ट्रपतिले संविधान संशोधन प्रस्तावलाई लिएर दलहरुबीच दूरी बढ्दै गएका बेला नेताहरुलाई सहमतिबाट निकास दिन आग्रह गर्ने छिन् । उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएकी छिन् ।

सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव गर्ता गराएपछि देशका विभिन्न क्षेत्रमा प्रमुख प्रतिपक्षि नेकपा एमाले संशोधनविरुद्ध उत्रिएको छ भने मधेसी मोर्चाले यथास्थितिमा संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताउँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत