नयाँदिल्लीमा नेपालमा भइरहेको आन्दोलनलाई ऐक्वद्धता जनाउँदै विरोध प्रदर्शन

२० मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा नेपालमा भइरहेको आन्दोलनलाई ऐक्वद्धता जनाउँदै विरोध प्रदर्शन भएको छ ।

तस्बिर : अर्घखाँची अनलाइन

तस्बिर : अर्घखाँची अनलाइन

सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भारतको दबाबमा तराई र पहाड विभाजन गर्ने गरी प्रस्ताव गरेको भन्दै एमाले, राष्ट्रिय जनमोर्चा, माले, नेमकिपालगायतले गरेको विरोधलाई समर्थनस्वरुप प्रवासी नेपालीका चार संगठनले ऐक्यवद्धता जनाएको बताएको छ ।

भारतमा रहेका नेपालका राजनीतिक दलका भातृ-संगठनहरुले भारतीय हस्तक्षेपको दबाबमा सरकारले संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाउँदै जन्तरमन्तरमा भेला भएर जुलुस निकालेका हुन् ।

राष्ट्रघाती नेता र भारतीय बिस्तारवादको खेललाई बन्द गर्न खबरदारीका लागि बिरोध-सभा कार्यक्रम आयोजना गरिएको कपिल खनालले बताए ।

मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत (एमाले),  अखिल भारत प्रवासी नेपाली संघ (माले) र जन सम्पर्क समिति (भारत) लगायत नेपाली सामाजिक संघ-संस्थाहरु विरोध कार्यक्रम आयोजना गरेका थिए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत