प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा

काठमाडौं । आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री रहेका जोन कीले राजीनामा दिने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले पारिवारिक कारणले आफूले राजिनामा दिएको जनाए । उनले १२ डिसेम्बरमा औपचारिक रुपमा राजीनामा दिने बताए ।

राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख गर्दै ‘अब के गर्ने भन्नेबारे थाहा नभएको’ बताए ।

उपप्रधानमन्त्री विल इंग्लिसले नेशन पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म कार्यवहाक प्रधानमन्त्रीको पद समाल्ने छन् ।

न्यूजिल्याण्डका सञ्चारमाध्यमहरुका अनुसार प्रधानमन्त्री कीले श्रीमती ब्रोनाघको आग्रहमा राजीनामा दिएका हुन् ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत