भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन

२० मंसिर, काठमाडौं । नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।

indian-ambessy

भारतीय राजदूतावासले नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै विज्ञप्ती जारी गरेको भोलिपल्टै एमाले कार्यकर्ताहरु लैनचौरस्थित दूतावास अगाडि प्रदर्शनमा उत्रिएका हुन् । युवा विद्यार्थीहरुले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाएका छन् ।

उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका युवा तथा विद्यार्थीले संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रणजित रायले चलखेल गरेको आरोप लगाउँदै उनलाई फिर्ता पठाउन समेत माग गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत