संशोधन हुन दिन्नौं भन्नु राजनैतिक बेइमानी – निधि

२२ मंसिर, चितवन । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन हुन दिन्नौं भन्नु राजनैतिक बेइमानी भएको बताएका छन् ।

निधिले केपी ओली आफैले हस्ताक्षर गरेर सुरु भएको संविधान संशोधनको प्रस्ताव अहिले आएर राष्ट्रघाती भयो भन्नु राजनैतिक वेइमानी भएको बताएका हुन् ।

गृहमन्त्री निधिले केपी ओलीले हस्ताक्षर गर्दा राष्ट्रघात नहुने तर अहिले राष्ट्रघात भयो भन्नु गलत भएको बताए । उनले संविधान संशोधनको प्रस्ताव कांगेसको आधिकारिक प्रस्ताव भएको र वहुमतले पारित हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत