तराईमा अवरोधका बीच सीमाना निर्धारण आयोगले पुर्नसंरचनाको काम अघि बढाउँदै

२३ मंसिर, काठमाडौं । दुई नम्बर प्रदेश अन्तर्गत रहेका ८ जिल्लाको स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगले पुर्नसंरचनाको काम अघि बढाएको छ ।

मधेस केन्द्रित दलको अवरोधका बावजुद आयोगले सहमत दलका सांसद र प्रतिनिधिहरुलाई राजधानीमै बोलाएर पुर्नसंरचनाको काम अघि बढाएको हो ।

अवरोधका कारण दुई नम्बर प्रदेश अन्तर्गत रहेका तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको पुर्नसंरचनाको काम हुन नसकेपछि आयोगले सम्वन्धित जिल्लाका सभासद र प्रतिनिधिलाई राजधानीमा बोलाएर काम अघि बढाएको छ ।

आयोगकाअनुसार पुनसंरचना बारे यी जिल्लाका जनप्रतिनिधि एवं प्राविधिक समितिका पदाधिकारीहरुले बढीमा तीन दिनभित्र प्रतिवेदन दिइसक्ने छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत