सभामुखले कांग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीसँग छलफल गर्दै

२३ मंसिर, काठमाडौँ । सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छिन् ।

सभामुख घर्तीले आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेकाे घर्तीका प्रेस विज्ञ बासुदेव शर्माले जानकारी दिए ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

सरकारले ल्याएको संविधान संशोधनपछि उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत