ए भाइ देखाउनुस्, देखाउनुस् – डा.बाबुराम भट्टराई

२४ मंसिर, पोखरा । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई सहभागी कार्यक्रममा उनी माथि लक्षित गर्दै जुत्ता प्रहर भएको छ ।

baburam

पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा बिहीबार भएको कार्यक्रममा  भट्टराईलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो ।

कार्यक्रममा भट्टराईले बोल्दै गर्दा २९ वर्षीय सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए । सञ्जिव अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् । प्रमुख अतिथि रहेका बाबुराम बोलीरहँदा सन्जिबले सुरुमा बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाएको र त्यसपछि जुत्ता प्रहार गरेका थिए । सञ्जिव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिएका थिए । उनले लोकतन्त्रमा शान्तिपूर्णरुपमा विरोध गर्ने अधिकार रहेको हुँदा यसलाई ठूलो नबनाउन संचारकर्मीलाई आग्रह गरे ।

के भने भट्टराईले ?

‘भट्टराईले सम्बोधन गरिरहँदा एक्कासी होहल्ला सुरु भयो ।

त्यसपछि भट्टराईले मञ्चबाटै भने,

छोड्दिनुस्, छोड्दिनुस् केही हुँदैन ।

ए भाइ देखाउनुस्, देखाउनुस् ।

ए भाइ त्यसो नगर हेर्न देऊदेऊ ।

ए भाइ मैले देखेँ तपाईंको । देखाउन दिनुस्, केही फरक परेन ।

हामी सबैले कालै लुगा लगाएका छौँ, मैले पनि लगाको छु, त्यो एउटा कालो टुक्रोले केही फरक पर्दैन ।

गर्न दिनुस्, ए भाइ नलखेट्नुस् । ठीक छ पख्नुस्, पखनुस् हामी सबै कालै छौँ । उहाँले सानो कालो झण्डा देखाइराख्नुभाछ, मैले देखिसकेँ ठीक छ । हुन दिनुस् उहाँलाई ।

त्यसैले साथीहरु म के आग्रह गर्न चाहन्छु भने यो पनि एउटा स्वरुप हो । शान्तिपूर्ण ढंगले विरोध अभिव्यक्त गर्न पाउँछ । आफ्नो विचार व्यक्त गर्ने कुराको हामी सम्मान गर्छौँ । म उहाँलाई सम्मान गर्छु, तपाईंले अन्यथा नलिनुस् ।

म के भन्दै थिएँ भने ……।’

सम्बोधनका क्रममा भट्टराईले देशलाई समृद्ध बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रमलाई संयोजक डा. भट्टराईसहित संगठन विभागप्रमुख देवेन्द्र पौडेल, प्रदेश नं. ४ संयोजक वलावति शर्मा, नेतृ करिश्मा मानन्धर लगायतले सम्बोधन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत