मधेसी मोर्चाको धम्कीपछि एमालेको कार्यक्रम स्थगित

२४ मंसिर, काठमाडौं । एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि स्थगित गरेको छ ।

मधेसी मोर्चाले धम्की दिएपछि केन्द्रीय नेताको उपस्थितिमा एमालेले शुक्रबार र शनिबार गर्न लागिएको एमालेको मुखपत्र नवयुगको वार्षिकोत्सव कार्यक्रम स्थगित भएको हो ।

एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित भएको बताइन् । स्रोतकाअनुसार मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको हो ।

एमालेले वार्षिकोत्सव कार्यक्रममा महासचिव इश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायतका केन्द्रीय नेता सहभागी हुने जनाएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत