राप्रपा भन्छः संसदमा पुरुष सांसदले दौरा सुरुवाल र महिला सांसदले गुन्यु चोली अनिवार्य लगाउनु

२४ मंसिर, काठमाडौं । राप्रपाले व्यवस्थापिका संसदमा आफ्ना जनजाति र मधेसी सांसदहरुलाई दौरा सुरुवाल स्वेच्छिक गर्दै अन्यका लागि अनिवार्यरुपमा लगाउनु पर्ने नियम लागू गरेको छ ।

राप्रपा प्रमुख सचेतक दिलनाथ गिरीकाअनुसार संसदीय दलको शुक्रबार बसेको बैठकले पारित गरेको आचार संहितामा पुरुष सांसदका लागि आफ्नो राष्ट्रिय पोशाक अनिवार्य गरिएको  छ ।

आचार संहितामा पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई गुन्यु चोली अनिवार्य गरिएको छ तर, मधेसी र जनजाति, मुस्लिम समुदायका सांसदहरुले दौरा सुरुवालको साटो आफ्नो जातीय भेषभुषा झल्कने पोशाक लगाएर संसदमा जान पाउँछन्, त्यस्तो पोशाक नलगाउने हो भने दौरा सुरुवाल वा गुन्युचोली अनिवार्य लगाउनु पर्ने उल्लेख गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत