नेपाल हाइड्रोले प्राथमिक शेयर निष्कासन गर्दै

२५ मंसिर, काठमाडौँ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आइतबार मंसिर २६ गतेबाट २ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

ipo

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि पहिलो चरणमा यो संख्यामा शेयर जारी गर्न लागेको हो ।

एकसय रूपैयाँ प्रतिशेयर मूल्य रहेको कम्पनीको शेयरमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको शेयर बिक्री छिटोमा पुस १० गते र ढिलोमा माघ २ गते बन्द हुनेछ ।

त्यस्तै हाल स्थानीयका लागि मात्रै शेयर जारी गर्न लागेको कम्पनीले केहि महिनाको अन्तरालमै दोस्रो चरणमा सर्वसाधारणलाई शेयर जारी गर्ने योजना गर्ने जानकारी दिएको छ । ६.८ मेगावाटको लोवर चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजनाको निर्माण गर्न लागेको कम्पनीले सर्वसाधारणको लागि भने ३ लाख ९० हजार कित्ता शेयर जारी गर्ने भएको छ ।

यसअघि ३.५ मेगावाटको चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजना निर्माण गरेको यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औषत भन्दा कम रहेको देखिन्छ । आर्थिकन्यूजमा समाचार छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत