प्रदेश नं. ६ को समृद्धिका लागि प्रधानमन्त्रीको दर्जनौं प्रतिबद्धता

expo

२५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले प्रदेश नं. ६ को समृद्धिका लागि दर्जनौ प्रतिबद्धता जनाएका छन् ।

कर्णाली एक्स्पाे २०१६ काे उद्घाटन कार्यक्रममा आयोजकले गराएको ध्यानाकर्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस प्रदेशको समृद्धिका लागि सरकार प्रदेश नं. ६ का जनताकै साथमा रहेको बताउँदै दर्जनौ प्रतिबद्धता जनाएका हुन् ।

यस क्षेत्रको समृद्धिका लागि सरकार सम्प्रर्ण सहयोग गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सुर्खेतमा जडिबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्रका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

karnali

उनले यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटन एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माणमा पहल गर्ने, औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया सुरु गर्ने, सिमेन्ट कारखानाका सञ्चालनमा ल्याउनका लागि पहल थाल्ने, रत्न राज्मार्ग २ लाइन बनाउने, सुर्खेत–दैलेख लगायतका सडकहरु २ लाइन बनाउने, ठूला लगानीका क्षेत्रको लागि सहयोगको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै कोहलपुर सुर्खेत एक सय ३२ केभी लाइनको काम सुरु भएको जानकारी दिदै उनले चौकुने सिमेन्ट कारखान तत्काल सञ्चालन गर्ने, माथिल्लो कर्णाली र नलसिंङगाड जलविद्युत आयोजना ततका निमर्माण गर्ने, सुर्खेतमा अन्तराष्ट्रिय विमान स्थल निर्माणका लागि पहल गर्ने, दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य प्रारम्भ गर्ने, पर्यटनका लागि नीति बनाएर कार्यान्वयन गर्ने, उत्तरी नाका खोल्न पहल गर्ने, मेडिकल कलेज स्थापनाको काम तत्काल सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले जनताको वलिदानीबाट प्राप्त प्रदेशको समृद्धिको लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

यस्तै माओवादी केन्द्रका प्रदेश नं. ६ का इन्चार्ज शक्ति बस्नेतले यो प्रदेश सुनको सिरानी हालेर नुनको खोजी गरे झै भएकोले अब सम्भावनाको पहिचान गरी आर्थिक समृद्धिको बाटोमा लाग्नुपने बताए ।

माओवादी केन्द्रकी नेता तथा सांसद सीता नेपालीले यहाँका सम्भावनाको उजागर गर्नका लागि सरकारले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताइन ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत