मानव अधिकार दिवसका अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

२५ मंसिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको शुभकामना सन्देशमा उल्लेख गरेकी छिन् ।

‘मानव अधिकार दिवसले सम्पूर्ण मानव जातिका साझा अधिकार सबैलाई सधैँ प्रत्याभूत गर्न विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ’ शुभकामना सन्देशमा भनिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत