व्यवसायीहरुले अटेर गरेपछि तरकारी बजारमा डोजर चल्यो

२५ मंसिर, काठमाडौं । सरकारले नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनको पूर्वपट्टी रहेको तरकारी बजारमा शनिबार बिहानै डोजर लगाएर खाली गरेको  छ ।

tarkari-pasal

पटक-पटक बजार खाली गर्न ताकेता गर्दा पनि व्यवसायीहरुले अटेर गरेपछि व्यवसायीहरुलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीको उपस्थितिमा डोजरले तरकारी बजारका टहरा पसल भत्काएको हो ।

व्यवसायीहरुले डोजर लगाएर टहर भत्काएको बिरोधमा मिनभवनस्थित सडकमा तरकारी फालेर बिरोध प्रर्दशन गरेको छन् भने डोजर लगाएर तरकारी बजार खाली गराउने क्रममा बिक्रीका लागि राखिएको लाखौंको तरकारी नष्ट भएको छ ।

नागरिक लगानी कोषको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर तरकारी बजार सञ्चालन गरे पनि २०६८ सालमै म्याद सकिएको थियो । तर, कोषले पटक-पटक सार्वजनिक सूचना निकाली जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत