संघियताबाट पछि हट्ने कुरा सोच्न पनि नसकिने नेम्वाङको भनाई

२५ मंसिर, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले संघियताको विषयमा पूर्नविचार गर्न सकिने अभिव्यक्ति दिइरहेका बेला सोही पार्टीका संसदीय दलका उपननेता सुवास नेम्वाङले संघियताबाट पछि हट्ने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

नेता नेम्वाङले शुक्रबार एक टेलिभिजन कार्यक्रममा संविधान सभाको ९० प्रतिशतको हस्ताक्षरले घोषणा गरेको संघीयताबाट पछि हट्नेबारे सोच्न नसकिने बताएका हुन ।

उनले एमालेको कुनै पनि औपचारिक छलफलमा संघीयताबारे पुनर्विचार गर्नुपर्ने भन्ने विषयले प्रवेश नपाएको स्पष्ट पार्दै संविधान निर्माणको काममा एकजुट भएका दलहरु संविधानको कार्यन्वयनमा पनि एक जुट हुनु पर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत