भारत बाहेक कोही खुसी नहुने कस्तो संशोधन हो ? – गुप्ता

२६ मंसिर, पर्सा । एमाले सांसद राजकुमार गुप्ताले संविधान संशोधन प्रस्ताव भारतको आवश्यकताले ल्याइएको बताएका छन् ।

सांसद गुप्ताले एक अनलाइनको संवादका क्रममा संविधान संशोधन हुनुपर्ने भए पनि नेपालको भन्दा पनि भारतको आवश्यकताले ल्याइएको जस्तो देखिएको बताएका हुन् ।

‘संविधान संशोधन हुनुपर्छ, आवश्यकता पनि हो तर जसरी संविधान संशोधन प्रस्ताव ल्याइयो, त्यो त नेपालको भन्दा पनि भारतको आवश्यकताले ल्याइएको जस्तो देखियो’ सांसद गुप्ताले भने, ‘स्वयं कांग्रेस माओवादीकै नेता सांसदहरु विधेयकविरुद्ध आन्दोलनमा छन् । मधेसी मोर्चाले पनि मानेको छैन । तर, भारतले सकारात्मक छौं भनेर विज्ञप्ति दिन्छ भने हामीले के बुझ्ने ? यो त भारतको लागि ल्याइएको रहेछ ।’

गुप्ताले गणितीय हिसाबले पनि निर्णायक अवस्थामा रहेको प्रमुख प्रतिपक्षलाई बाइपास गरेर रातारात विधेयक ल्याउनुको उद्देश्यभित्र जाने हो भने गम्भिर रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत