मन्त्रिपरिषद् बैठकको निर्णय : प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने !

२६ मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्नेछ ।

कानूनतः सार्वजनिक पद धारण गरेकाहरुले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । तर, यो पटक भने सरकार बनेको चार महिना वित्दा पनि सम्पत्ति विवरण सार्वजनिक भएको थिएन ।

मन्त्रिपरिषद् बैठकले भूकम्पकाे पुनर्निर्माणका लागि चीन सरकारबाट प्राप्त हुने १५ अरब ८० कराेड रुपैया स्वीकार गर्ने निर्णय गरेकाे छ । बजार तथा अापूर्ति व्यवस्थापनलाई निरीक्षण गर्ने काम वाणिज्य मन्त्रालयले गर्ने नै निरीक्षक पठाउने, अनुगमन र निरीक्षण गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।

बैठकले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा डा. दिनेशचन्द्र पाेखरेललाई पदाेन्नति गरेकाे छ भने राजनीतिक पूर्वाग्रहका अाधारमा अान्दाेलनका क्रममा हटाइएका शिक्षक कर्मचारीहरुकाे जाँचबुझ गर्न गाेविन्द प्रसाद पराजुलीकाे संयाेजकत्वमा रेवती सिवाकाेटी, अणप्रसाद न्याैपाने रहेकाे समिति गठन गरेकाे छ ।

निर्वाचन कसुर सजाय सम्बन्धि विद्येयक सदनमा दर्ता गराउने, डा. गाेविन्द केसीसँग भएका सबै सहमति अध्ययन गरि अघि बढाउने गरि कार्यविधि बनाउने तथा सुरज पाेखरेललाई नेपाल सरकारकाे सचिवमा पदाेन्नति गर्ने निर्णय भएकाे सरकार प्रवक्ता तथा सञ्चारमन्त्रि सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत