अमेरिकी राष्ट्रपति ट्रम्पले निहुँ खोज्ने संकेत गरेपछि चीनले…

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निहुँ खोज्ने संकेत गरेपछि चीनले आपत्ति जनाएको छ । ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिन बाध्य नरहेको भन्दै अभिब्यक्ति दिए लगत्तै चीनले दक्षिण चीन सागरमा बम्बर विमान उडाएको छ ।

donald-trump

अमेरिकाले सन् १९७९ देखि ताइबानमाथि चीनको नीतिको सम्मान गर्दै आएको भएपनि पछिल्लो पटक ट्रम्पले त्यहाँका राष्ट्रपतिलाई चुनाव जितेकोमा बधाइ दिएका थिए । यसको विरोधमा बेइजिङमा ट्रम्पविरुद्ध प्रदर्शन नै भएको थियो ।

आइतबार एक टेलिभिजनमा बोल्दै ट्रम्पले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकामाथि हुकुम चलाउन नसक्ने जवाफ दिएका थिए । ब्यापारमा चीनले लचकता नअपनाए एक चीन नीतिमाथि चीनको हुकुम मान्न अमेरिका बाध्य नरहेको समेत उनको भनाइ छ ।

फक्स न्यूजसँग बोल्दै ट्रम्पले भने, “म एकचीन नीति बुझ्छु, तर मलाई के थाहा छैन भने चीनले ब्यापारमा अन्य सम्झौता गर्न तयार हुँदैन भने हामी एक चीन नीतिमा किन अडिग रहने ?”

ट्रम्पका अभिब्यक्तिबाट क्रुद्ध बनेको चीनले भने दक्षिणी चीन सागरमा बम्बर विमान पठाएर ट्रम्पलाई कडा सन्देश दिएको हो । चिनियाँ सेनाका शियान H-6 बम्बर विमान चिनियाँ सागरको आकाशमा उडेका थिए । चीनले यो विमान बम खसाउनका लागि प्रयोग गर्दै आएको छ ।

ट्रम्पले भने चीनले दक्षिणी चाइना सागरमा देखाइरहेको आक्रामक गतिविधीप्रति आपत्ति जनाउँदै ट्वीट गरेका थिए । अमेरिकाले सन् १९७२ यता एक चीन नीति मान्दै आएको छ । तत्कालीन चिनियाँ कम्युनिट पार्टीका अध्यक्ष माओत्से तुङ र अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनबीच भएको वार्तापछि अमेरिका एकचीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ । तर ट्रम्पले भने अव एकचीन नीतिमा बाँधिन अमेरिका बाध्य नरहेको बताउँदै आएका छन् ।

चीनले साउथ चाइना सीमा पठाएको बम्बर विमानले चीन अमेरिकासँग युद्ध गर्न तयार रहेको संकेत दिएको विश्लेषकहरुले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत