भारतीय दूतावासले तयार गरेको संशोधन प्रस्ताव संसदमा छलफल गर्न सकिन्न – पण्डित

२७ मंसिर, बाँके । एमाले नेता लालबाबु पण्डितले संविधान संशोधन प्रस्तावलाई भारतीय दूतावासले तयार गरेर ल्याएको प्रस्ताव भन्दै संसदमा छलफल गर्न नसकिने बताएका छन् ।

lalbabu

प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पण्डितले विदेशीको स्वार्थ पूरा गर्न तराई र पहाड छुट्याउन खोजिएको आरोप लगाउँदै  संविधान संशोधन प्रस्तावलाई भारतीय दूतावासले तयार गरेर ल्याएको प्रस्ताव भन्दै संसदमा छलफल गर्न नसकिने बताएका हुन् ।

पण्डितले संविधान संशोधन प्रस्तावलाई संसदमा प्रवेश दिनु भनेको संविधान असफल पार्ने खेल भएको बताउँदै व्यस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई गैरसंवैधानिक प्रस्ताव रहेको बताए ।

‘संसदमा प्रवेश दिनु संविधानको खुट्टा भाँच्नु हो’ नेता पण्डितले भने, ‘त्यो संविधान असफल पार्ने खेल भएकैले एमालेले रोकेको छ ।’

उनले तराईको भूभाग मात्रै रहेको २ नम्बर प्रदेशमा उदयपुर, सिन्धुली र मकवानपुर जोड्न माग गर्दै पहाड र तराई अलग गरेर बनेका प्रदेश चल्न नसक्ने ठोकुवा गरे ।

‘५ नम्बर प्रदेशमा पहाड र तराई छुट्याउने प्रस्ताव दूतावासले तयार गरेर पठाएको हो’ पण्डितले भने, ‘किस्ताबन्दीमा एक मधेस प्रदेश बनाउन खोजिएको छ र यो निर्णय भारतीय दूतावासमा भएको छलफलले गरेको छ । यही हो राष्ट्रघात ।’

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत