सडक विस्तारलार्इ तीव्रता दिन अख्तियारको निर्देशन

२७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यकाको सडक विस्तार तथा निर्माणलार्इ तीव्रता दिन निर्देशन दिएको छ ।

akhtiyar

कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातले तत्काल जनताले अनुभूत गर्ने गरी उपत्यका लगायत मुलुकभर सडक बिस्तार निर्देशन दिएका हुन् । उनले सडक विस्तार कार्यमा देखिएको सिथिलताका कारण सर्वसाधारणले समेत सास्ती व्यहोर्नु परेको भन्दै सडक विस्तार तथा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।

अख्तियारले अर्थ, भूमिसुधार, सहरी विकास मन्त्रालयका सचिव, उपत्यका विकास प्राधिकरणका आयुक्त लगायतलार्इ बोलाएर बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड प्रभावकारी कार्यान्वयन गर्न भनेको छ ।

उनले जिम्मेवारी विमूख पदाधिकारीहरुमाथि आयोगले निगरानी राखिरहेको समेत बताए । साथै विकास निर्माणका सन्दर्भमा समय घर्किएपछि रकम विनियोजित गर्ने गलत परम्पराबाट अर्थ मन्त्रालय मुक्त हुनुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत