केबलकार सञ्चालन गर्दा पर्यावरणीय संरक्षणलाई ध्यान दिन प्रधानमन्त्रीको आग्रह

chandragiri

३० मंसिर काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि केबलकारको उद्घाटन गर्दै काठमाडौं फनपार्क प्राइभेट लिमिटेडलाई केबलकार सञ्चालनका क्रममा पर्यावरणीय संरक्षणलाई ध्यान दिन आग्रह गरेका छन् ।

काठमाडौं फनपार्क प्राइभेट लिमिटेडले थानकोटको गोदामचौरदेखि चन्द्रागिरिसम्म पुग्ने केबलकार बिहीबारबाट औपचारिक रुपमा व्यवसाय सुरु गरेको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले चन्द्रागिरि केबलकार समयमै निर्माण भएको भन्दै ‘केबल कार’ निजी क्षेत्रका लागि प्रेरणादायी भएकाले सरकार र कर्मचारीतन्त्रको लागि चुनौति बनेको बताए ।

उनले सञ्चालक चन्द्र ढकालका अनुसार केबलकार सञ्चालनमा आएपछि यसले २ लाख ५० हजार मानिसहरुलाई सेवा दिइसकेको छ । साथै यसले राज्यलाई ६० लाख भन्दा बढी राजस्व समेत तिरेको छ ।

चन्द्रागिरिबाट सगरमाथादेखि तराईको भू-भागसम्म दृश्यावलोकन गर्न सकिन्छ । साथै चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको मन्दिरका कारण यो धार्मिक क्षेत्रको रुपमा समेत विकास हुँदै गएको छ ।

गोदामचौरबाट चन्द्रागिरिसम्म पुग्न सार्वननिक सवारी साधनमा झन्डै एक घन्टा लाग्थ्यो । तर, अब केबलकार चढेर मात्र ९ मिनेटमै पुगिन्छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत