चलचित्र ‘रातो सूर्य’मा एमाले अध्यक्ष ओली नायकको भूमिकामा आउँदै !

kp-oli

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा नायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

निर्देशक  दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने बताइएको छ ।

निर्देशक दाहालकाअनुसार चलचित्रमा ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्नेछ भने ४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैंले गर्नेछन् ।

एमाले अध्यक्ष ओलीसँग १० दिन सुटिङको लागि समय मागेको जानकारी दिँदै निर्देशक दाहालले ओलीले सकारात्मक प्रतिक्रिया दिएको बताए । उनले चलचित्रको सुटिङ आठराईबाट सुरु हुने बताउँदै झापा, रौतहट र मकवानपुरको थाहा नगरपालिकामा अलि बढी सुटिङ हुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत