मोर्चाको भनाई: निर्वाचनमा जाने निर्णय लिइए मुलुककै निम्ति आत्माघाती

madhesi-morcha

३० मंसिर, काठमाडौं । मधेसी मोर्चाको अनौपचारिक बैठकले अहिलेकै अवस्थामा निर्वाचनमा जाने निर्णय लिइए त्यो मुलुककै निम्ति आत्माघाती हुने बताएको छ ।

बुधबार तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा बसेको मोर्चाका नेताहरुको अनौपचारिक बैठकले अहिलेकै अवस्थामा निर्वाचनमा मुलुककै निम्ति आत्माघाती हुने बताएका हुन् ।

यथास्थितिमा निर्वाचनमा गए मुठभेड निम्तिने चेतावनी दिँदै मोर्चा नेताहरुले संविधान संशोधन विधेयकलाई परिर्माजनसहित अघि बढाउन माग गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा चुनावमा जानेबारे सकारात्मक छलफल भएको समाचार बाहिर आएसँगै मोर्चाको धाराणा सार्वजनिक भएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत