गुल्मीको कुर्घामा टिपरले च्यापेर एक व्यक्तिको घटनास्थलमै मृत्यु

१ पुस, गुल्मी । गुल्मीको कुर्घा गा.वि.स.मा टिपरले च्यापेर एक व्यक्तिको घटनास्थलमै ज्यान गएको छ ।

वामीटक्सार, ढोरपाटन सडकखण्ड अन्तरगत भुवाचीदीको लौरीसिमलमा लु १ ख ३७८५ नं.को टिपरले ठक्कर दिँदा अम्मर अर्वाथोक निवासी वर्ष ४१ का राजु श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घासमा ल्याइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत