संशोधन विद्ययेक फिर्ता नभएसम्म गुल्मीको आन्दोलन नरोकिने गोकर्णको उदघोष

१ पुस, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्णराज विष्टले संविधान संशोधन विद्ययेक संसदबाट फिर्ता नभएसम्म गुल्मीको आन्दोलन नरोकिने बताएका छन् ।

gokarna

गुल्मी सदमुकाम तम्घासमा भएको विरोध सभालाई संम्बोधन गर्दै विष्टले उक्त कुरा बताएका हुन् ।

मंसिर १५ देखि सुरुभएको आन्दोलनले १७औं दिनदेखि झन उग्ररुप लिएको छ । अन्दोलनकर्ताहरुले शुक्रबार बिहानैदेखि बजारका चोक–चोकमा टायर बालेर बन्दलाई सफल गराउन माइकिङ्ग गर्दै स्थानीय बासीहरुलाई आन्दोलनमा उपस्थित हुन आग्रह गरेका थिए । उनीहरुले १० बजे जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला शिक्षा , कृषि, वन, नगरपालिकालगायतका दर्जनौ सरकारी कार्यालयहरुमा कर्मचारीलाई कार्यालयमा प्रवेश गर्न नदिएर तालाबन्दी गरिएको आन्दोलनमा सहभागी कृष्णप्रसाद पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालयमा आन्दोलन तालाबन्दी क्रममा सुरक्षाकर्मी र बन्दकर्ता बीच भएको झडपमा २१ जना आन्दोलककारीहरु घाइते भएका छन् । घाइते मध्ये ११ जनाको उपचारका लगि जिल्ला अस्पताल र १० जनालाई रेसुङ्गा अस्पताल लगिएको थियो । त्यस मध्ये गम्भीर घाइते भएका अर्खले निवासी कृष्ण पाण्डे र अर्का एकजना घाइतेलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको जिल्ला अस्पताल तम्घासले जनाएको छ ।

आन्दोलनकारीलाई तितर–वितर गराउन सुरक्षाकर्मीले ११ राउण्ड हवाईफायर समेत गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत