आगलागी भएको तेह्रथुमको संक्रान्ति बजार पुगे गृहमन्त्री निधि

२ पुस, तेह्रथुम । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार आगलागी भएको तेह्रथुमको संक्रान्ति बजारको निरीक्षण गरेका छन् ।

शनिबार तेह्रथुमका सांसदहरुसहित घटनास्थल पुगेका गृहमन्त्री निधिले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको साथमा सरकार रहेको भन्दै निराश नहुन आग्रह गरे ।

उनले पुनर्निर्माणको काममा सरकारका तर्फबाट सहयोग गर्ने आश्वासन समेत दिएका छन् । गृहमन्त्री निधिले पीडितलाई सरकारका तर्फबाट उपलब्ध गराइएको राहत सामग्री समेत बितरण गरेका छन् ।

पीडितहरुले पुनर्निर्माणका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । शुक्रबार भएको आगलागीमा परी २५ घर जलेर नष्ट भएको थियो, जसका कारण त्यहाँ बसेका अन्य ३५ परिबार समेत ७० घर परिवार बिस्थापित भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत