मधेसी मोर्चा र जनजातिले राखेका माग सम्बोधन गर्न थापाको आग्रह

२ मंसिर, कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चा र जनजातिले राखेका माग सम्बोधन गरिनु पर्ने बताएका छन् ।

मिडिया नेपाल कास्कीले शुक्रबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले निर्वाचन सम्पन्न गर्न मधेसी मोर्चा र जनजातिले राखेका माग पूरा गरिनु पर्ने बताएका हुन् ।

उनले सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावले मधेसवादी दललाई सन्तुष्ट पार्न नसकेको साथै प्रदेश नं ५ का जनता आन्दोलित भएको र केही राजनीतिक दलले निरन्तर संसद् अवरुद्ध पारिरहेकाले नयाँ समझदारीका साथ विधेयकलाई अघि बढाउनु पर्ने बताए ।

राप्रपा सत्तारुढ दल भए पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आगामी दिनमा गर्ने व्यवहार, गुण र दोषका आधारमा काम गर्ने समेत उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत