देश जाममा फसेकाे छ : मातृका

img_20161220_162607 ५ पुस, धनुषा । अखिल नेपाल टे्ड युनियन महासंघकाे २ नम्बर प‍र्देश एकता घाेषणा सम्पन्न भएकाे छ ।

एकता घाेषणाबाट फुल्गेन साहकाे अध्यक्षतामा १०५ सदस्यीय कमिटी घाेषणा भए पनि सदस्य संख्या बढ्ने बताइएकाे छ ।

बुधबार जनकपुरमा सम्पन्न एकता भेलालाई सम्बाेधन गर्दै नेकपा माअावादी केन्दका कार्यालय सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज मातृका यादवले देश जाममा फसेकाे बताएका छन् ।

img_20161220_141224

यादवले जनताकाे जनादेश अनुरूप संविधान नबनेकाे भन्दै नेपालका नेता नारा दिनअघि रहेकाे तर अधिकार दिन पछि परेकाे बताए ।

उनले संविधान संशाेधन बिना पहाडमा चुनाव भएपनि मधेशमा चुनाव हुन नसक्ने बताउँदै संविधान संशाेधन गरेर अघि बढ्नुकाे विकल्प नभएकाे बताए ।

एकता घाेषणा कार्यक्रममा अखिल नेपाल टे्ड युनियन महासंघका उपाध्यक्ष साेनालाल साह, गणेश रेग्मी, धन बहादुर विक, एसबी थापा मगर, महासचिव जगत सिंखडा लगायतले मन्तव्य राखेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत