नेपालको आन्तरिक मामिलामा नियमित छलफल र टिप्पणी किन ?

७ पुस, काठमाडौं । सरकारले नेपालको आन्तरिक राजनीतिक मामिलामा यहाँस्थित विदेशी राजदूतले काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नियमित छलफल र टिप्पणी गर्ने गतिविधि जारी राखेकाले राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको छ ।

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदयाले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय आवासीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरिएको थियो । गत डिसेम्बर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले नेपाल स्थित अमेरिका, बेलायत युरोपेली युनियन, चीन, जापान, डेनर्माक र जर्मनीसहतिका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेको थियो ।

कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गराएको संविधान संशोधन विधयेकसँगै स्थानीय चुनावको विषयमा छलफल गरिएको थियो । नेपालको नितान्त आन्तरिक मामिलामा काठमाडौंस्थित कुटनीतिक समुदायले पटकपटक छलफल गर्नु तथा त्यसबारे टिप्पणी गर्नु गैरकुटनीतिक रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत