संशोधन विधेयकविरुद्ध थप आन्दोलनको घोषणा गर्ने विपक्षी दलको निर्णय

७ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयकविरुद्ध थप आन्दोलनको घोषणा गर्ने भएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको विपक्षी दलहरुको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि सहभागी भएका छन् । यससँगै विपक्षी गठवन्धनमा ९ दल भएका छन् ।

बैठकले दबावमुलक आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ । यसका लागि आइतबार नौ दलका अध्यक्षहरुको संयुक्त पत्रकार सम्मेलन गर्नुका साथै १७ गते काठमाडौंमा गर्ने भनिएको आमसभा अंग्रेजी नयाँ वर्ष परेको भन्दै २२ गतेलाई सारेको छ ।

बैठकले संशोधन विधेयकलाई कुनै हालतमा संसदमा टेबल गर्न नदिने र अवरोध कायमै राख्ने निर्णय गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत