अपहरणमा परेको अफ्रिकिया एयरलाइन्स सुरक्षाकर्मीको घेरामा

afriqiyah

काठमाडौं । अपहरणमा परेको अफ्रिकिया एयरलाइन्सको ११८ यात्रु सवार विमानमा रहेका महिला र बच्चालाई छाडिएको छ ।

अपहरण गरेर माल्टामा अवतरण गरिएको लिबियाको विमानमा रहेका ६५ जनालाई छाडिएको छ भने विमानलाई सुरक्षाकर्मीहरुले घेरा हालेर राखेका छन् ।

छाडिएकाहरु महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । सुरुमा महिला र बालबालिकाको समूहमा २५ जनालाई छाडिएको थियो भने दोस्रो चरणमा ४० जना छाडिएको थियो ।

समाचारहरुमा जनाइएअनुसार विमानमा दुई जना अपहरणकारी रहेको बताइएको छ । अपहरणकारीसँग अहिले कुराकानी भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत