पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य परिवर्तनलाई उल्टाउने षड्यन्त्र

८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्य परिवर्तनलाई उल्टाउने षड्यन्त्र भएको बताएका छन् ।

img_0744

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्वराजा शाहको वक्तव्य परिवर्तनलाई उल्टाउने षड्यन्त्र भएको बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दल र जनआन्दोलनको उपलब्धिप्रति प्रश्न उठाउँदै वक्तव्य दिएको भोलिपल्ट मन्त्रिपरिषद बैठकमा गम्भीर छलफल भएको थियो । शहरी विकास मन्त्री अर्जुननरसिंह केसी बैठकमा सहभागी भएर सुरुमै बाहिरिन खोजेका थिए ।

तर, एक मन्त्रीकाअनुसार प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्तावको विरोध गर्दै भइरहेको आन्दोलन र एमालेका नेताहरुको अभिव्यक्तिको चर्चा गर्दै राजनीतिक विषयमा गम्भीर छलफल गर्नुछ भन्दै उनलाई रोके । त्यसपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको थियो ।

मन्त्रिपरिषद बैठकमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानविन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

बैठकमा गृहमन्त्री निधीले चिनियाँहरुले पूर्वराजालाई कुन हैसियतमा भेटिरहेका छन् ? भनेर प्रश्न गरेका छन् । चिनियाँका साथै भारतीयहरुले पनि ज्ञानेन्द्रलाई भेट्ने गरेको भन्दै उपप्रधान एवं गृहमन्त्री निधीले भने, ‘एक आम नागरिकको हैसियतमा भेटेको भए ठीकै छ । तर, पूर्वराजाको हैसियतमा भेटेको हो भने हाम्रो आपत्ति छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत