सातौं राष्ट्रिय खुलकुदको भारत्तोलन प्रतियोगिता राजविराजमा हुने

राजविराज । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा हुने भारत्तोलन प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

press-meet

बिहीबार भारत्तोलन संघ सप्तरी तथा जिल्ला खेलकुद विकास समितिले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो ।

भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले पुस १० गतेदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै प्रतियोगिता उदघाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीबाट हुने तय भएको बताए ।

राष्ट्रिय प्रतियोगिता अन्तर्गत भारत्तोलन प्रतियोगिताका आवश्यक प्रबन्ध मिलाई सकेको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले बताए ।

महिलातर्फ ७ तथा पुरुषतर्फ ८ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगितामा ५ विकास क्षेत्रका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १ सय २३ खेलाडी र प्रशिक्षक, निर्णायक गरी २ सय ४० जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा भारत्तोलन संघका केन्द्रिय सदस्य एवं प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत