सरकारी वकिलहरुको सम्मेलन ३० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

१०, पुस, काठमाडौं । सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन ३० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले संघीय संरचना अनुसार अदालतको संरचना र महान्यायधिवक्ताको कार्यालयको क्षेत्राधिकार विस्तार लगायत माग अघि सारेको छ ।

राजधानीमा आयोजित सम्मेलनले सातवटै प्रदेशमा छुट्टै महान्यायाधिवक्ताको कार्यालयको व्यवस्था गर्न र सरकारी वकिलको दरबन्दी थप्न माग गरेको छ ।

सम्मेलनले नेपाल सरकार वादी हुने सबै प्रकारका मुद्दाहरुमा महान्यायाधिवक्ता र सरकारी वकिलको निर्णयवाट मात्रै अभियोजन दर्ता हुनुपर्ने माग गरेको छ ।त्यसैगरी सरकारी वकिलको दरवन्दी संरचना पुुनरावलोकन गर्नुपर्ने र प्रत्येक प्रदेशमा छुट्टै महान्यायाधिवक्ताको कार्यालयको स्थापना गरी जिम्मेवारी तोकिनुपर्ने माग गरिएको छ ।

देशैभरिबाट महान्यायधिवक्ता, नायव महान्यायधिवक्ता, सहन्यायाधिवक्ताका साथै ३ सय ५० भन्दा बढी सरकारी वकिलहरुको सहभागिता रहेको सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन आइतबार सकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत