माओवादीका विभिन्न घटकहरुले १ सय २३ औं माओ दिवस मनाउँदै

maoist-hq

११ पुस, काठमण्डौं । आज ‘२६ डिसेम्बर’ नेपालमा रहेका विभिन्न कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम गरी १२३ औं माओ दिवस मनाउँदैछन ।

जनगणतन्त्र चीनका तत्कालिन अध्यक्ष माओत्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिष्ट पार्टीहरुले ‘माओ दिवस’  मनाइरहेका छन ।

img_20161226_122719

सन् १८९३ को २६ डिसेम्बरमा चीनको हुनान प्रान्तको साओसानमा माओको जन्म भएको थियो । जन्मदिनको अवसरमा नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यलय पेरिसडाँडामा कार्यक्रम गर्दैछ भने नेकपा क्रान्तिकारी माओवादीले ललितपुरको कुपण्डोलमा कार्यक्रम गर्ने तयारी गरेको छ ।

नेपालमा माओकै पथप्रदर्शक सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध शसस्त्र संघर्ष गरेको थियो । संघर्षकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो । शान्ति प्रकृयापछि विभिन्न समूहमा विभाजित नेपालका माओवादीले आज विभिन्न कार्यक्रम गदैछन ।

माओ दिवसको अवसरमा विज्ञप्ती निकालेर नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले  नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडी बढीरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत