इन्धन लिएर आएका ट्यांकर चालकमाथि गोली प्रहार

१२ पुस, काठमाडौं । आज बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना ५ ख ८८४५ नम्बरको ट्यांकर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरेका छन् ।

सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज-४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।

 चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत